वृद्धभत्ताको उमेर हद बढाउने तयारी, कति उमेरकाले पाउलान भत्ता ?

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर सीमा बढाउने तयारी गरेको छ। सामाजिक सुरक्षामा खर्च बढ्दै गएपछि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत भत्ता पाउने उमेर ७० वर्ष वा सोभन्दा माथि पुर्‍याउने प्रस्ताव गरिएको हो।

हाल ६८ वर्ष पूरा भएका नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन्। तर, भत्ता पाउने उमेर घटाएर र रकम बढाएर ढुकुटीमा थप बोझ परेको भन्दै अर्थ मन्त्रालय स्रोतले उमेर सीमा बढाउने तयारी भइरहेको जनाएको हो।

हाल कर्णाली अञ्चलका नागरिक र देशभरका दलित समुदायका लागि यो सीमा ६० वर्ष रहेको छ। उनीहरूलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ भत्ता दिइन्छ। त्यस्तै, विवाह नगरेका, सम्बन्धविच्छेद भएका, पतिको मृत्यु भइ एकल जीवन बिताइरहेका ६० वर्ष माथिका महिलाहरू, साथै अपांगता भएका, लोपोन्मुख जनजाति र निर्धारण गरिएका क्षेत्रका बालबालिका समेत सामाजिक सुरक्षा भत्ताको लाभ पाउने समूहमा पर्छन्।

वृद्धभत्ताको नीतिमा हुन लागेको सम्भावित परिवर्तनले सुरक्षा भत्ता नीति पुनरावलोकनमा सरकार गम्भीर भएको संकेत गरेको विश्लेषण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्