सिमित बजेट, असमित आवश्यकताकाबीच पनि केही काम गर्न सकियो : वडा अध्यक्ष जोशी

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिका–२ का वडा अध्यक्ष शिवराज जोशीले सिमित बजेटबीच पनि केही काम गर्न सफल भएको बताएका छन्। तीन वर्षे कार्यकालको समिक्षा गर्दै उनले सानातिना भए पनि जनतालाई प्रत्यक्ष लाभ हुने खालका योजना प्राथमिकतामा राखेर काम गरिएको जानकारी दिए।

“असमित आवश्यकता छन्, तर बजेट सिमित छ। सबै गर्न सकिएन, तर केही काम भएको छ भनेर भन्न सकिन्छ,” वडा अध्यक्ष जोशीले भने, “बजेटको अभावबीच पनि वडा भित्रका सडक, बाटो मर्मत तथा स्तरोन्नति, खानेपानीको क्षेत्रमा सुधार र सामाजिक सेवा प्रवाहमा केही सुधार ल्याउन सफल भएका छौं।”

वडाले स्थानीय जनताको मागअनुसार प्राथमिकता निर्धारण गरी कार्यक्रम सञ्चालन गरेको छ। जोशीका अनुसार काम गर्दा स्थानीयको साथ र सुझाव महत्वपूर्ण रहेको छ।

“हामीले वडाको विकासका लागि जनताको सहभागिता बढाउने प्रयास गरेका छौं। योजना छनोटदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि र जनताको सहकार्यमा काम भएको छ,” उनले थपे।

वडा नम्बर २ लाई उज्यालो वडा बनाउने लक्ष्यसहित अघि बढेका थियौँ, र अहिले त्यो सपना पुरा भएको छ,” वडा अध्यक्ष शिवराज जोशीले भने, “वडाभित्रका सबै टोलटोलमा विद्युत विस्तार गरेर बत्ती बाल्न सफल भएका छौं। गाउँ उज्यालो हुँदा जनतामा खुसी छाएको छ, र जनताको मुस्कानले हामीलाई पनि गर्व महसुस भएको छ। सिमित स्रोतसाधनका बीचमा पनि यो उपलब्धि हाम्रो सामूहिक प्रयासको परिणाम हो।

तीन वर्षे कार्यकालका बाँकी समयमा अझ बाँकी रहेका आधारभूत पूर्वाधारमा केन्द्रित भएर काम गर्ने योजना रहेको वडा अध्यक्ष जोशीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्