बत्ती गएपछि मेयर बालेनको कटाक्ष : “सरकारले बत्ती काटेर पावर देखायो”

काठमाडौं – केही दिनयता राजधानीमा बढ्दो लोडसेडिङप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सरकारमाथि कटाक्ष गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “देशनै डुबाउदा पनि जनताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ ! हेप्ने सरकारलाई ? ? ?”

हालै विद्युत प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य आएपछि बत्ती जाने क्रम बढेको जनगुनासो छ। यसअघि कुलमान घिसिङ नेतृत्वमा मुलुक लोडसेडिङमुक्त भएको थियो।

बढ्दो लोडसेडिङले जनजीवन प्रभावित बनिरहेका बेला मेयर बालेनको यो टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्