प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याण मन्त्रीको शिष्टाचार भेट

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेटघाट भएको छ ।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन ।

 

सो भेटका अवसरमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्