कर्मचारीका लागि कुलिङ पिरियड दुई वर्ष राखिने

काठमाडौं –  अवकाशप्राप्त सरकारी कर्मचारीहरूलाई पुनः नियुक्ति दिनुअघि दुई वर्ष कुर्नुपर्ने व्यवस्था लागू गर्ने प्रस्तावमा सरकार सहमत भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं’ भन्ने प्रस्ताव अघि सारेका हुन्। समितिका एक सदस्यका अनुसार उक्त प्रस्तावमा सरकार सहमत भएको हो।

कुलिङ पिरियड भन्नाले अवकाशपछि कति समयसम्म पुनः कुनै जिम्मेवारी नदिने भन्ने व्यवस्था हो।  गृहमन्त्री लेखकले कानून बनाउन र फेरबदल गर्न समय लाग्ने भन्दै तत्काल दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने बताएका छन्। उनका अनुसार यो प्रस्ताव व्यावहारिक पनि हुनेछ।

निजामती सेवा विधेयकमाथि हाल समिति स्तरमै छलफल जारी छ। उक्त विधेयकमा कुलिङ पिरियडसहित अन्य विषयमा पनि सहमति जुटाउँदै लगिने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्