पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १ — पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा संलग्न रहेको भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अन्य विभिन्न कम्पनीहरूसमेत प्रतिवादीका रूपमा परेका छन्। उनीहरूमाथि सार्वजनिक पदको दुरुपयोग गर्दै अनियमित तरिकाले लाभ लिएको आरोप छ।

पूर्वमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भएका हुन्। आयोगले टेरामक्स प्रविधिसम्बन्धी सार्वजनिक खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्