चिनियाँ राष्ट्रिय जन कांग्रेसका उपाध्यक्ष सियाओ जी नेपालको भ्रमणमा

PIC: RSS

काठमाडौँ, जेठ १ — चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी १५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको छ। उपाध्यक्ष सियाओ काठमाडौँमा सुरु हुन लागेको सगरमाथा संवादमा सहभागी हुन नेपाल आउनुभएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्ष सियाओलाई स्वागत गर्न वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी उपस्थित हुनुहुन्थ्यो।

नेपाल भ्रमणको क्रममा उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सगरमाथा संवाद २०८१ जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चिनियाँ प्रतिनिधिमण्डल आगामी जेठ ३ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्