दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा,  ब्यासमा सबैभन्दा बढी, अरु पालिकाको अवस्था कस्तो ?

दार्चुला — महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरूले गरेको खर्चमा देखिएको बेरुजु रकमले फरक फरक वित्तीय अनुशासन देखाएको छ।

सबैभन्दा बढी बेरुजु व्याँस गाउँपालिकाले गरेको देखिन्छ। उसले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  हो । शैल्यशिखर नगरपालिकामा जसले ३.५७ प्रतिशत बेरुजु देखाएको छ।

महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । ०.३८ प्रतिशत बेरुजु छ । त्यस्तै लेकम गाउँपालिकाको बेरुजु २.१७ प्रतिशत, मालिकार्जुन गाउँपालिकामा ०.७१ प्रतिशत, दुहुँ गाउँपालिकाको ०.८३ प्रतिशत, मार्मा गाउँपालिकाको १.५४ प्रतिशत र नौगाड गाउँपालिकाको ०.८२ प्रतिशत रहेको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्