रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सम्पन्न, आजै आदेश आउने सम्भावना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सम्पन्न भएको हो। अब उक्त रिटमाथि आजै आदेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ।

मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले रिट दायर गर्दै आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्। मिश्रलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

उक्त प्रदर्शन हिंसात्मक बनाउँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पुगेको थियो। घटनापछि पक्राउ परेकामध्ये राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल भने हाल हाजिर जमानीमा रिहा भइसकेका छन्।

अब मिश्रको रिहाइ वा हिरासत निरन्तरतासम्बन्धी अन्तिम निर्णय अदालतको आदेशपश्चात स्पष्ट हुने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्