काठमाडौं – राजधानीको बागबजारमा एक विवाहित युवतीको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा एकजना पूर्वसैनिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति धादिङ घर भएका रामचन्द्र पन्त हुन्। प्रहरीका प्रवक्ता एसपी अपील राज बोहराले घटनाबारे जानकारी दिँदै पन्तलाई मंगलबार पक्राउ गरिएको पुष्टि गरेका छन्।
प्रहरी स्रोतका अनुसार हत्या घटनाको मिति चैत ११ गते भए पनि पन्त पक्राउ परेपछि मात्र यो घटना सार्वजनिक गरिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार पन्त पूर्वसैनिक रहेको खुलेको छ। मृतक महिलाको परिचय विस्तृत रूपमा खुलाइएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।