बुटवल- लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बैठक आह्वान गरेका हुन्।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो, जसअनुसार पहिलो बैठक आज हुने भएको हो।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने, प्रदेश सभा सदस्यहरूले शुभकामना अदान–प्रदान गर्ने र सम्वोधन गर्ने कार्यसूची प्रस्तावित गरिएको छ।
यसैबीच, प्रदेश सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।