गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः २८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं – इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्।

स्थानीयका अनुसार इजरायली लडाकु विमानहरूले एकैपटक अस्पतालमा छवटा बम खसालेर अस्पताल र वरपरको क्षेत्र निशाना बनाएका थिए। तर इजरायली सेनाले भने हमास आतङ्ककारीहरूलाई लक्षित गरी प्रहार गरिएको बताएको छ। बीबीसीका लागि गाजामा काम गरिरहेका स्वतन्त्र पत्रकार पनि यो हमलामा घाइते भएका छन्, तर अहिले उपचारपछि उनको अवस्था सामान्य अवस्थामा छ।

स्थानीय स्रोतहरूका अनुसार मृतक र घाइतेहरूलाई खान युनिसको नासेर अस्पताल लगिएको छ। अर्को आक्रमणमा नासेर अस्पतालको आपतकालीन कक्ष पनि क्षतिग्रस्त भएको बताइएको छ। जहाँ एक प्रसिद्ध प्यालेस्टाइनी फोटो पत्रकारको पनि मृत्यु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्