काठमाडौं- प्रतिनिधि सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नु पूर्व प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ। संसदमा चार दिनसम्म चल्ने छलफलका लागि जम्मा १८ घण्टा अर्थात् १०८३ मिनेट समय छुट्याइएको छ।
छलफलको पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा गरी प्रि-बजेट बहस सञ्चालन हुनेछ।
छलफलका लागि दलअनुसार समय यसरी बाँडफाँड गरिएको छ:
-
नेपाली कांग्रेस र नेकपा एमाले: ५/५ घण्टा (३००–३०० मिनेट)
-
माओवादी केन्द्र: २ घण्टा (१२० मिनेट)
-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): ८२ मिनेट
-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ५० मिनेट
-
एकीकृत समाजवादी: ४० मिनेट
-
जनता समाजवादी पार्टी: २८ मिनेट
-
जनमत पार्टी: २४ मिनेट
-
जनता समाजवादी नेपाल: २० मिनेट
-
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल: १६ मिनेट
-
नागरिक उन्मुक्ति पार्टी: १६ मिनेट
-
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र दुई जना स्वतन्त्र सांसद: जनही ५/५ मिनेट
हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ रहेको छ। यी दलहरूले कुल ७६० मिनेट (१२ घण्टा ४ मिनेट) समय पाएका छन्।
त्यसैगरी, प्रतिपक्षमा रहेका दलहरूले जम्मा ३२३ मिनेट (५ घण्टा २३ मिनेट) समय पाएका छन्।