पनौतीमा कुलोले बगाउँदा एक महिला बेपत्ता, खोजी कार्य जारी

वैशाख २९ गते सोमबार पनौती क्षेत्रमा आएको बाढी। तस्बिर स्रोतः पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी

काभ्रे – काभ्रेपलाञ्चोकको पनौतीमा भीषण वर्षा भएको छ । वर्षाका कारण पनौतीमा कुलोले बगाएर एकजना महिला बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए ।

उनका अनुसार सोमबार अपराह्न पनौती क्षेत्रमा भीषण वर्षा भएको थियो। त्यसक्रममा कुलो तर्ने क्रममा उक्त महिला बेपत्ता भएकी हुन् ।

बेपत्ता महिलाको खोजी कार्यमा प्रहरीका सबै युनिट खटिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्