नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा सन्देश दिँदै पाकिस्तानलाई चेतावनी दिएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, “पानी र रगत कहिल्यै सँगै बग्न सक्दैन, आतंक र वार्ता सँगै हिँड्न सक्दैन।”
चार दिनको दोहोरो हमला पश्चात भएको युद्धविरामको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानमा हुर्काइएको आतंकवाद अन्ततः आफैंको ध्वंसको कारण बन्ने चेतावनी दिए। “यो युद्धको युग होइन, न त आतंकवादको,” भन्दै उनले शान्ति र सुरक्षाको पक्षमा भारत दृढ रहेको बताए।
मोदीले ‘अप्रेसन सिन्दूर’ सफल भएको भन्दै सुरक्षाकर्मीहरूको प्रशंसा पनि गरेका छन्।