विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । यी दुई राष्ट्रबीच केही समयदेखि जारी करयुद्धले व्यापारयुद्धको जोखिम लिनसक्ने जोखिम रहेको कतिपयले बताउने गरेका थिए ।
तर, अन्ततः यी दुई देश व्यापार सम्झौतामा पुगेका हुन् । बीबीसीका अनुसार ह्वाइट हाउसले जेनेभामा यो सम्झौता भएको घोषणा गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने- म यसो भन्दा निकै खुसी छु कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन् । यसको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको छ । यसबारे थप विवरण जारी गरिनेछ ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने चीन र अमेरिकाबीच धेरैले सोचेजस्तो धेरै मतभेद नहरेको पुष्टि भएको बताएका छन् । उनले भने- हामी चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौँ । यसले हाम्रा मतभेद धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ ।
उनले अगाडि भनेका छन्- ‘अमेरिकाले अहिले १२ सय अर्ब डलरको व्यापारघाटा व्यहोरिरहेको छ । सोही कारण राष्ट्रपतिले कर लगाउने घोषणा गर्नुभएको हो ।’