सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्नुभएको थियो। निर्णय प्रक्रिया अघि बढाउँदै सभामुखले मतदान गराउँदा सत्ता पक्षका सांसदहरूले समर्थन जनाएका थिए भने विपक्षी सांसदहरूले असहमति जनाउँदै विपक्षमा मतदान गरे।

यसअघि नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा दिनुभएको थियो। प्रधानमन्त्रीको जवाफपछि पनि केही सांसदहरूले असन्तुष्टि जनाउँदै पुनः धारणा राखेका थिए।

त्यसै दिन सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावहरू पनि निर्णयार्थ पेस गरिएको थियो। संशोधन प्रस्तावहरूको टुंगो लगाइसकेपछि नीति तथा कार्यक्रममाथि भएको मतदानमा बहुमतले समर्थन जनाएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा देशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा केन्द्रित रहने जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्