युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ।

पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्।

शनिबार साँझ युद्धविरामको औपचारिक सहमति भएको केही घण्टामै भारतको जम्मुको उधमपुरमा ड्रोन आक्रमण भएको हो।

त्यसपछि श्रीनगरमा विस्फोटका आवाज सुनिएपछि सायरन बजाइएको थियो र सुरक्षा सतर्कताका लागि ब्ल्याकआउट गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्