भारत-पाकिस्तान युद्धविरामबारे भारतीय विदेशमन्त्री एस.जयशँकरले के भने ?

काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार घोषणा गरेका छन्।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश पोस्ट गर्दै भनेका छन्, “आतङ्कवादका सबै रूपहरूको विरुद्ध भारतले सधैं कठोर र अडिग नीति अपनाउँदै आएको छ, र यो नीति यथावत् रहनेछ।” यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोशल’मा एक पोस्ट गर्दै भारत–पाकिस्तानबीच ‘तत्काल र पूर्ण संघर्षविराम’को सहमति भएको जानकारी दिएका थिए।

पाकिस्तानका उपप्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमार्फत युद्धविरामको पुष्टि गरेका छन्। भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार साँझ करिब ६ बजे एक संक्षिप्त विज्ञप्ति जारी गर्दै सीज़फायरबारे जानकारी दिएका थिए। उनका अनुसार, “भारत र पाकिस्तानबीच भारतीय समयअनुसार साँझ ५ बजेबाट लागू हुने गरी स्थल, आकाश र समुद्रमार्फत् हुने सबै प्रकारका गोलीबारी तथा सैन्य गतिविधिहरू रोक्ने सहमति भएको छ।”

युद्धविरामको यस सहमतिले दुई मुलुकबीचको चिसिएको सम्बन्ध सुधारतर्फको संकेतका रूपमा लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्