काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्।
एएनआईको रिपोर्ट अनुसार, दुवै देशबीच प्रत्यक्ष वार्ता हुँदै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको हो। आज दिउँसो भारत र पाकिस्तानका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन (DGMO) बीच संवाद भएको र त्यसपछि युद्धविरामको निर्णयमा पुगेको जनाइएको छ।
भारत र पाकिस्तान दुवैले सहमतिको पुष्टि गरेका छन्। पछिल्लो समय सीमा क्षेत्रमा भइरहेका झडपले द्विपक्षीय सम्बन्धमा चिसोपना बढाएको थियो। युद्धविरामको यो सहमति क्षेत्रीय स्थायित्व र शान्तिको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
थप जानकारीका लागि दुबै देशका आधिकारिक वक्तव्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।