भारतलाई पाकिस्तानको चेतावनी– “समय र ठाउँ छनोट गरेर जवाफ दिनेछौँ”

 

इस्लामाबाद– भारतले आफ्ना भूभागमा गरेको हवाई आक्रमणलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले भारतको कारबाहीलाई “कायरतापूर्ण आक्रमण” भन्दै पाकिस्तानले यसलाई “युद्धको कार्य”को रूपमा लिएको बताएका छन्।

शरीफले बुधबार पाकिस्तानको संसदमा सम्बोधन गर्दै पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको दाबी गरे। उनले भारतको कारबाहीको जवाफस्वरूप पाकिस्तानले “पाँचवटा भारतीय लडाकु विमान खसाल्न सफल भएको” दाबी पनि गरे। तीमध्ये तीनवटा राफेल विमान रहेको उनले बताए।

“यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको हवाई शक्ति सामना गर्न सक्षम छ,” प्रधानमन्त्री शरीफले भने। उनका अनुसार पाकिस्तानका तीनै सेना विगत केही दिनदेखि उच्च सतर्कतामा थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भए। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पनि घटनाको पुष्टि गर्दै हिजोको आक्रमणमा भारतले ठूलो क्षति व्यहोरेको बताएका छन्। “भारतले पुनः आक्रमण गर्ने सम्भावना छ,” उनले चेतावनी दिए।

यसबीच, पाकिस्तानले भारतसँग बदला लिने र आफूले “समय र ठाउँको छनोट गरेर जवाफ दिने” जनाएको छ। यसले दुवै देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेत देखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्