ऋणको सट्टा ‘श्रीमती माग्ने’ प्रस्तावपछि हत्या, आरोपी दम्पती पक्राउ

 

अमरोहा, भारत – भारतको उत्तर प्रदेशस्थित अमरोहामा ब्याजको रकम तिर्न नसकेपछि श्रीमतीलाई एक महिनाका लागि आफूसँग बस्न प्रस्ताव गरेको आरोपमा एक व्यक्तिको हत्या भएको छ। उत्तर प्रदेश प्रहरीले उक्त हत्या प्रकरणको अनुसन्धान पूरा गर्दै संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।

गएको मे २ मा अमरोहाको हसनपुर क्षेत्रको मोहल्ला होलीवालामा ५५ वर्षीय हनिफ उर्फ इलैचीको शव उनकै घरभित्र बक्समा बन्द अवस्थामा फेला परेको थियो। एक्लै बस्दै आएका हनिफ दोस्रो विवाहपछि स्थानीयहरूलाई ब्याजमा पैसा दिँदै आएका थिए।

प्रहरी अनुसन्धान अनुसार काशीराम कोलोनी निवासी शमशेर नामका युवकले चार महिना अघि हनिफबाट २० हजार भारु ब्याजमा लिएका थिए। रकम लिन उनले मोटरसाइकल धितो राखेका थिए भने पछि ब्याट्री धितो राखेर थप पाँच हजार भारु पनि लिएका थिए।

ब्याज तिर्न नसकेपछि गत अप्रिल २९ मा शमशेर आफ्नी श्रीमती शाज्मासहित हनिफको घर पुगेका थिए। बयान अनुसार, सो क्रममा हनिफले ऋण र ब्याज मिनाह गरिदिने सर्तमा शमशेरकी श्रीमतीलाई एक महिनाका लागि आफूसँग राख्न प्रस्ताव गरेका थिए। यस्तो अपमानजनक प्रस्तावपछि शमशेरले तौलियाले घाँटी थिचेर हनिफको हत्या गरेको बताइएको छ।

हत्या पछि दम्पतीले शवलाई बक्समा हालेर बन्द गरेपछि मोटरसाइकल र ब्याट्री लिएर फरार भएका थिए। घर वरपरको सीसीटीभी फुटेज र मृतकको मोबाइल फोनको अनुसन्धानबाट घटना उजागर भएको हो। सोधपुछका क्रममा दम्पतीले अपराध स्वीकार गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। प्रहरी उपरीक्षक अमित कुमार आनन्द र हसनपुरका सर्कल अफिसर दीप कुमार पन्तले संयुक्त पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएका हुन्। अभियुक्तहरूलाई जेल चलान गरिएको छ। उक्त मुद्दा सफलतापूर्वक सुल्झाएकोमा प्रहरी उपरीक्षक आनन्दले अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई २५ हजार भारु पुरस्कार प्रदान गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्