दार्चुलाको नेपाली भुमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न सांसद बडूको आग्रह (भिडियो)

काठमडौँ – नेपालीका काँग्रेसका नेता एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले दर्चुलामा नेपाली भुमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बडूले दर्चुलामा नेपाली भुमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग आग्रह गरेका हुन् । सांसद बडूले परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, नापी विभागको ध्यानाकर्षण गराएका छन् । ‘….सिंगो नेपाल सरकार र विशेषगरि परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, भुमिसुधार व्यवस्था मन्त्रालयको नापी विभाग, उर्जा तथा जलस्रोत मन्त्रालयको विषेश रुपले ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद बडूले भने ।

२०७० सालमा महाकाली नदीमा आएको भीषण बाढीले महाकालीको धार परिवर्तन गरी नेपाली भु–भाग भारत तर्फ गएको थियो । अहिले भारतले त्यहि भु–भागमा एकतर्फी तटबन्ध निर्माण गरिरहेको छ । भारत यसअघि पनि पटक पटक नेपाली भुमिमाथी अन्याय गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्