दाउन्नेमा सवारी साधन चिप्लिन थालेपछि नारायणघाट-बुटवल सडक अवरूद्ध

File Photo

काठमाडौँ – गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक बन्द गरिएको प्रहरीले जनाएको छ । सवारी साधन चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम बढेपछि उक्त सडकखण्ड बन्द गरिएको हो ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्