शनिबार देशभर बदली मौसम, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ भने बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा भित्रिरहेको मौसमविद्हarले बताएका छन्। यसको प्रभावस्वरूप शनिबार बिहान देशैभर मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ।

मौसमविद् रोजन लामिछानेका अनुसार, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भूभागका थोरै स्थान र केही अन्य स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जानकारी दिएका छन्।

रातिको समय पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा राति पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने मौसमविद्हarले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्