शिक्षिकाद्वारा १३ वर्षीय छात्र अपहरण : गर्भवती भएको दाबी, डीएनए परीक्षणको तयारी

काठमाडौँ  — भारतको गुजरात राज्य अन्तर्गत सुरत शहरमा एक शिक्षिकाले १३ वर्षीय छात्रलाई लिएर फरार भएपछि शिक्षिका र विद्यार्थीबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठेको छ। घटनाले शिक्षक पेशाको नैतिकता र जिम्मेवारीबारे बहस चर्काएको छ।

२३ वर्षीया शिक्षिका आफूसँग ट्युसन पढ्ने १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन्। घटना सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दै उनीहरूलाई चार दिनपछि पक्राउ गरेको हो। प्रहरीसँगको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको बताइन् र त्यस गर्भको शिशु ती किशोरकै भएको दाबी गरिन्। ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो,’ शिक्षिकाको यस्तो बयानले प्रहरीसमेत अचम्ममा परेको जनाइएको छ।

प्रहरीले किशोरको स्वास्थ्य परीक्षण गराएकोमा उनी यौन सम्बन्धका लागि सक्षम रहेको रिपोर्ट आएको छ। अब शिक्षिकाको गर्भमा रहेको शिशु र किशोरबीचको नाता पुष्टि गर्न डीएनए परीक्षण गरिनेछ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले शिक्षिकाविरुद्ध नाबालिगको अपहरण र यौन शोषणसम्बन्धी मुद्दा दर्ता गरेको छ।

प्रहरीका अनुसार, ती किशोरले पनि शिक्षिकासँग प्रेम सम्बन्ध रहेको बताएका छन्। एक वर्षदेखि शारीरिक सम्बन्ध रहँदै आएको दाबी किशोरले गरेका छन्। शिक्षिकाले गर्भवती भएको थाहा पाएपछि अर्को शहरमा गएर बस्ने योजना अनुसार उनीहरू भागेका थिए।

घटना सामाजिक सञ्जाल र सञ्चार माध्यममा तीव्र रूपमा फैलिएको छ। शिक्षण पेशामा संलग्न व्यक्तिहरूबाट यस्तो गैरजिम्मेवार र आपराधिक कार्य हुनु गम्भीर चिन्ताको विषय बनेको छ। बाल अधिकारकर्मीहरूले घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्