कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्