सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्