भाजपाका विदेश विभाग प्रमुख डा. चौथाइवाले र नेपाली कांग्रेसका नेता एनपी साउँदबीच भेटवार्ता

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउँदबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। नेता साउँदको निवास भैँसेपाटीमा दुवै नेताबीच भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा दुई देशबीचको दीर्घकालीन सामाजिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विशेष ध्यान दिइएको थियो। दुई नेताबीच पारस्परिक समझदारी र आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रयासका रूपमा विभिन्न सम्भाव्य पहलहरूबारे विचारविमर्श भएको नेता साउँदको सचिवालयले जनाएको छ।

नेता साउँदले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, भावनात्मक र जनस्तरसम्म जोडिएको उल्लेख गर्दै यस्ता भेटघाटहरूले आपसी विश्वास र मित्रता अभिवृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए। त्यस्तै, डा. चौथाइवालेले पनि भारत र नेपालबीचको सांस्कृतिक र धार्मिक सहकार्यलाई प्रवर्द्धन गर्दै क्षेत्रीय स्थायित्व र समृद्धिका लागि मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

यस्तो भेटघाटले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ घनिष्ट बनाउने अपेक्षा गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्