विद्यालय शिक्षक कर्मचारी परिषद्ले आन्दोलनका नयाँ कार्यक्रम आजै सार्वजनिक गर्ने

काठमाडौं – विद्यालय शिक्षक कर्मचारी परिषद्ले सरकारसँगको सहमति तोडिएको भन्दै आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकार र महासंघबीच भएको पछिल्लो सम्झौताप्रति गम्भीर असहमति रहेको जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिए । ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग एकतर्फी सम्झौता गर्‍यो,’ उनले भने, ‘यसमा हाम्रो स्पष्ट विमति छ, त्यसैले आन्दोलनलाई अगाडि बढाउँदैछौं ।’

विरोधपछि महासंघ अध्यक्ष प्रहरीको सहयोगमा बाहिरिए

सरकारसँग भएको सहमतिको जानकारी दिन आज रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा परिषद्का सदस्यहरूले विरोध जनाएका थिए । विरोध चर्किएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको समन्वयमा कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

उनको बाहिरिएलगत्तै परिषद्ले आकस्मिक बैठक बोलाएर पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो । परिषद्ले जारी आन्दोलनका कार्यक्रम स्थगित गर्दै वार्तामा सहभागी भएको थियो, तर अब आन्दोलन पुनः तीव्र पारिने संकेत दिएको छ ।

परिषद्ले आज साँझ ७ बजे सार्वजनिक गर्ने भनिएको नयाँ आन्दोलनका कार्यक्रमबारे सम्पूर्ण शिक्षक र कर्मचारीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्