काठमाडौ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’ भएको जानकारी गराउँदै उहाँलाई रिहा गर्न सर्वोच्च अदालतले पठाएको पत्र डिल्लीबजार कारागर पुगसँगै उनलाई रिहा गरिएको हो ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गर्नका लागि आज विहान पठाइएको पत्र अनाधिकृत भएको भन्दै सर्वोच्च अदालतले पत्र कार्यान्वयन नगर्न पत्र काटेको थियो ।
अदालतले डिल्लीबजार कारागार कार्यालयलाई पत्र लेखी मान बहादुर बिष्टको नामबाट काटिएको पत्र अनधिकृत भएको र सो पत्र कार्यान्वयन नगर्न पत्राचार गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता एवम उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए ।
अनधिकृत पत्र लेखेर पठाउने सर्वोच्च अदालतकै मुद्दा तथा रीट महाशाखाका शाखा अधिकृत महिमानसिंह बिष्टलाई विभागीय कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको पनि उनले जानकारी दिए । आजै विहान मात्र चौधरीलाई अनधिकृत पत्रका आधारमा पक्राउ गरिएको थियो ।