काठमाडौं — मंगलबारको सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा १५.०८ अंकले घट्दै २६३१ बिन्दुमा झरेको हो। परिसूचक मात्र होइन, कारोबार रकमसमेत घटेको देखिन्छ। अघिल्लो दिन ८ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ।
सेयर मूल्यका हिसाबले ५७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ। बजारका सबै सूचक घटेका छन्। सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.२२ प्रतिशतले ओरालो लागेको हो।