काठमाडौं – सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सोमबारको क्याविनेटपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वैशाख १९ गते ३ बजे संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने र सबै सांसदहरूलाई सहभागिताको आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।