शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसद बडूको आग्रह (भिडियो)

काठमाडौं — नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आन्दोलनरत पक्षहरूमाथि दमन गर्नु लोकतान्त्रिक चरित्र विपरीत हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले लोकतान्त्रिक सरकारले जनताको आवाज सुन्ने र उनीहरूको जायज माग सम्बोधन गर्न ध्यान दिनु पर्नेमा जोड दिए।

‍…सरकार दमन गर्न तर्फ होइन सकारात्मक सोचका साथ शिक्षकहरुका जायज माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस्, प्रस्तावित विद्यालय शिक्षा विधेयक अविलम्ब संसदमा प्रस्तुग गर्न र समस्या समाधानमा अहिले सम्मको प्रगतिको अवस्था के छ, संसदमा जानकारी गराउनका लागि समेत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद बडूले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्