कांग्रेस सांसद माया राई पक्राउको जानकारी प्रहरीले संसद सचिवालयमा गरायो

काठमाडौं – नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते पक्राउ गरिएको उल्लेख छ । राईराई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो । यो सँगै राई अब निलम्बित हुनेछिन् ।

उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् । रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्