डा. बाबुराम भट्टराई र डा. मुरली मनोहर जोशीबीच सौहार्दपूर्ण भेटवार्ता

नयाँ दिल्ली – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय वरिष्ठ राजनीतिज्ञ डा. मुरली मनोहर जोशीसँग शनिबार भेटवार्ता गरेका छन्। जोशीको निवासमा सम्पन्न भेटघाट सौहार्दपूर्ण र भावनात्मक भएको भट्टराईको सचिवालयले जनाएको छ।

डा. भट्टराई शनिबार दिउँसो छिमेकी मुलुक भारत पुगेका हुन्। उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत गएका हुन्। उक्त अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदावादमा सुरु हुँदैछ।

अध्यक्ष भट्टराईसँगै नेपाल समाजवादी पार्टीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत भ्रमणमा छन्।

भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, साझा हितका विषयहरू र प्रगतिशील आन्दोलनको सन्दर्भमा विचार आदानप्रदान भएको बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्