शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौँ – शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्र (काठमाडौं) र पुल्चोक वितरण केन्द्र (ललितपुर) अन्तर्गतका विभिन्न फिडरहरूमा आवश्यक मर्मत र पोल स्थानान्तरणको कारण विद्युत सटडाउन गरिने जानकारी दिएको हो।

ललितपुर क्षेत्र:
पुल्चोक वितरण केन्द्रको खोकना फिडरअन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप र दनुवार बस्ती क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुनेछ। रिङ रोडको पोल स्थानान्तरण कार्यका लागि फिडर सटडाउन गरिन लागेको हो।

काठमाडौं क्षेत्र:
रत्नपार्क वितरण केन्द्रअन्तर्गत विभिन्न फिडरमा विद्युत अवरुद्ध हुने जनाइएको छ:

  • बबरमहल फिडर: खुल्ला मञ्च, सैनिक मञ्च, भद्रकाली, कृषि विकास बैंक, आर्मी ब्यारेक, सुन्धारा टेलिकम, महिलाजेल नजिक टेलिकम अफिस, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • असन फिडर: रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, मसला गल्ली – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • महाबौद्ध फिडर: महाबौद्ध सव स्टेशन, न्युरोड गेट, रञ्जना हल, विशाल बजार क्षेत्र – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • वीर अस्पताल फिडर: वीर अस्पताल, ट्रमा सेन्टर आसपास – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • कमलादी फिडर: घण्टाघर, कमलादी, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमान्डु प्लाजा – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • किंग्स वे फिडर: जमल, विश्वज्योति हल, अन्नपूर्ण होटल, निर्वाचन आयोग – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • बागबजार फिडर: भक्तपुर बसपार्क, बागबजार, पुतलीसडक, पुरानो बसपार्क, शंकरदेव क्याम्पस – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • सिंहदरबार फिडर: प्रदर्शनी मार्ग, सेसु, पुलिस क्लब, पद्मोदय मोड – बिहान ८ देखि दिउँसो ४ बजेसम्म।
  • नयाँबजार फिडर: बिष्णुमती नदी पूर्व, म्हैपी मन्दिर, भ्याली कोल्ड स्टोर, बखतीपोखरी, इन्द्रायणी मन्दिर क्षेत्र – बिहान ७ देखि १० बजेसम्म।

प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा समय अगावै विद्युत आपूर्ति सुरू गरिने जनाएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्