एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा !

File Photo

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ । अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्