काठमाडौँ – सरकारले शिक्षा ऐन जारी गर्नेलगायतका माग राख्दै गत चैत्र २० गतेदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुलाई पुन: वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई शनिबार बिहान ७:३० बजे छलफलका लागि बोलाएको हो।
मन्त्रालयले वार्ता र संवादमार्फत शिक्षकका समस्याहरु समाधान गर्ने प्रयासस्वरुप नेपाल शिक्षक महासंघलाई शुक्रबार पत्राचार गरेको थियो। तर, विभिन्न कारणले शुक्रबार भेटघाट र छलफल हुन नसकेको मन्त्रालयले जनाएको छ।
शिक्षकहरुले शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका छन्। सरकारले वार्तामार्फत यी मागहरुको समाधान खोज्ने प्रयास गरिरहेको छ।