एमालेले बोलायो संसदीय दलको बैठक

File Photo

काठमाडौं – सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने बताए । उनले अनुसार बजेट अधिवेशन, समितिमा रहेका विधेयक, आगामी नीति तथा कार्यक्रमलगायतको बिषयमा छलफल हुन्छ। त्यहाँ सांसदहरुले आफ्नो सुझाव राख्नुहुन्छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्ला विकशित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्