प्रधानमन्त्री ओलीले भोली संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुने पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको धारणा सार्वजनिक गर्न लागेका हुन्।

सत्तारूढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीको सम्बोधन शुक्रबारको संसद् बैठकमा हुने जानकारी दिएका छन्। उनले भने, “शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे संसद्‌लाई जानकारी दिने तयारी छ।”

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेका बेला संसद्को यो अधिवेशन विशेष महत्त्वपूर्ण मानिएको छ। प्रधानमन्त्रीको सम्बोधनबाट सरकारको आगामी योजना, प्राथमिकता र दृष्टिकोणबारे संकेत मिल्ने अपेक्षा गरिएको छ। बजेट अधिवेशनमार्फत अर्थतन्त्र, सामाजिक विकास, पूर्वाधार तथा शासन सुधारलगायतका विषयमा सरकारको नीति स्पष्ट पारिने भएकाले नागरिक, विज्ञ र राजनीतिक वृत्तको चासो यस अधिवेशनतर्फ केन्द्रित छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्