प्रधानमन्त्री ओली र भारतीय मन्त्री भट्टरबीच भेटवार्ता, ऊर्जा सहकार्यबारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध, र ऊर्जा क्षेत्रको सहकार्यबारे गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच ऊर्जा क्षेत्रमा भइरहेको सहकार्य सराहनीय रहेको बताएका थिए भने भारतीय मन्त्री भट्टरले पनि सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

भारतीय मन्त्री भट्टरले हालै अरुण–३ जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका थिए। उनले आयोजना राम्रो गतिमा अघि बढिरहेको बताउँदै त्यसलाई थप तीव्रता दिने भारतीय पक्षको चाहना व्यक्त गरे।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्