शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो,अन्य प्रचारबाजीको अर्थ छैन-प्रधानमन्त्री

Photo: NTV

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारणले पदबाट राजीनामा दिएको स्पष्ट गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामा आफूले उपेक्षा वा असहयोग गरेको भन्ने बाहिरी चर्चा प्रति असन्तुष्टि जनाउनुभयो। उहाँले भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।”

प्रधानमन्त्री ओलीले भट्टराईको राजीनामा कुनै राजनीतिक असहमतिको परिणाम नभएको दोहोर्याउँदै यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गर्नुभयो।

त्यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई लिएर पनि सरकार ढल्छ भन्ने प्रकारका हल्ला फैलिएकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले एमालेलगायत काँग्रेससँगको सहमतिअनुसार १५ महिनापछि प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्