सुनको मूल्य आकाशिँदै : तोलामा ६,९०० रुपैयाँको वृद्धि, २ लाख नजिक

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन (सोमबार) सोही सुनको मूल्य १ लाख ९१ हजार रुपैयाँमा कायम रहेको थियो।

महासंघका अनुसार मंगलबार निर्धारण गरिएको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको तीव्र वृद्धिको असर नेपाली बजारमा पनि प्रत्यक्षरूपमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गरिएको छ।

यहीबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको देखिएको छ। सोमबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कायम भएको छ।

विश्लेषकहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति, तथा सुरक्षित लगानीको माध्यमका रूपमा सुनप्रतिको माग बढ्नु नै पछिल्ला दिनमा सुनको मूल्य बढ्नुको प्रमुख कारण हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्