शिक्षक आन्दोलनमा उत्रिएका ‘भाइरल शिक्षक’ निजी विद्यालयका सञ्चालक रहेको खुलासा

काठमाडौं – सरकारी सेवा सुविधाको माग गर्दै तीन हप्तादेखि जारी शिक्षक आन्दोलनका क्रममा टिकटकमा नाचेको भिडिओमार्फत भाइरल बनेका शिक्षक होमराज पौडेल निजी विद्यालयका सञ्चालक भएको खुलेको छ।

पौडेलले आन्दोलनका दौरान सामाजिक सञ्जालमा नाचेको भिडिओ भाइरल भएपछि विभिन्न युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिँदै सामुदायिक विद्यालयका शिक्षकहरूको सेवा सुविधा बढाइनुपर्ने माग राख्दै आएका छन्। तर, उनी स्वयं सामुदायिक नभई निजी विद्यालयका शिक्षक तथा सञ्चालक भएको तथ्य सार्वजनिक भएको हो।

पत्ता लागेको अनुसार, पौडेल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–३ मा रहेको ‘फ्लोरेन्स नाइटिङ्गल स्कुल’का सञ्चालक हुन्। यही कारण उनले धेरैजसो अन्तर्वार्तामा आफू कुन विद्यालयमा पढाउँछु भन्ने प्रश्न सोध्न नपाइने शर्त राख्ने गरेका छन्।

हिमालय टेलिभिजनको एक कार्यक्रममा भने उनले खुलेर आफू निजी विद्यालयका शिक्षक भएको स्वीकार गरेका छन्। कार्यक्रममा अन्तर्वार्ताकारले सोधेको प्रश्न, “तपाईं एक कास्की निवासी शिक्षक हुनुहुन्छ, काठमाडौंमा पढाउनु हुन्छ र, तपाईं सरकारी स्कूलको शिक्षक होइन?” भन्ने प्रश्नमा पौडेलले जवाफ दिँदै भने, “हैन। म प्राइभेट स्कूलको टिचर हो।”

उक्त अन्तर्वार्तामा धेरै दर्शकहरूले टिप्पणी गर्दै आन्दोलनमा देखिएको उनको भूमिकाको पारदर्शिता प्रश्न गरेका छन्। केहीले निजी विद्यालय सञ्चालक भई सरकारी सेवा सुविधाका मागमा सडकमा उत्रिनु अनैतिक भएको तर्क गरेका छन्।

शिक्षक आन्दोलनप्रति सहानुभूति राख्ने धेरैले समेत निजी स्वार्थ लुकाएर गरिएको आन्दोलनको विश्वसनीयता घटाउने खालको व्यवहार भन्दै आलोचना गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्