प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता, लगानी सम्मेलन र बजेट प्राथमिकताबारे छलफल

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आइतवार साँझ बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रदेशको समग्र विकास, समृद्धि र लगानी प्रवर्द्धनका विषयमा गहन छलफल भएको बताइएको छ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन सम्बन्धी तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले सम्मेलनले प्रदेशमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने र यसले प्रदेशको विकासलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

भेटका क्रममा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। साथै, उनले प्रदेशका ठूला पूर्वाधार परियोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै संघीय सरकारको सहयोग अपेक्षा गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्