पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना रिहा

काठमाडौं – सिंहदरबार र नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना व्यक्तिहरू रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार, आइतबार दिउँसो पक्राउ परेका सबै सात जनालाई साँझतिर रिहा गर्ने निर्णय गरिएको हो।

सिंहदरबार क्षेत्रभित्रबाट राप्रपाका अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही, र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए। यस्तै, नयाँ बानेश्वर क्षेत्रबाट थप तीन जना राप्रपाका कार्यकर्ताहरू पक्राउ परेका थिए।

प्रदर्शनको क्रममा निषेधित क्षेत्र उल्लंघन गरिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राप्रपाले भने सरकारविरुद्ध आफ्नो विरोध कार्यक्रम शान्तिपूर्ण ढंगले अघि बढाइरहेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्