सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू भद्रकालीमा

काठमाडौं – सिंहदरबारमा केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले उनीहरूलाई परिसरमै राखिएको पुष्टि गरेका छन्।

सिंहदरबारमा सरकारविरुद्ध प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घटनास्थलबाट सिधै प्रहरीले उनीहरूलाई भद्रकाली लगिएको हो। राप्रपाका अन्य नेता तथा कार्यकर्ताहरूले यस घटनाको विरोध जनाउँदै तत्काल रिहाइको माग गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्