उपमहासचिव गजुरेलको टिप्पणी : “देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको छ”

 झापा – नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन्। शनिबार गौरादह नगरपालिकामा आयोजित नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्।

गजुरेलले मुलुक अहिले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक संकटको संघारमा रहेको उल्लेख गर्दै, यसको मूल जिम्मेवारी केपी ओली प्रवृत्तिले बोकेको दाबी गरे। उनले भने, “देश असफलतातर्फ उन्मुख हुनुको प्रमुख कारण ओली प्रवृत्तिको निरन्तरता हो, जुन जनताले अब अस्वीकार गरिसकेका छन्।”

उनले सत्तारूढ नेपाली कांग्रेसप्रति पनि कटाक्ष गर्दै भने, “पहिलो दल भएर पनि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्न सकेको छैन, जसका कारण जनतामा निराशा बढेको छ।”

गजुरेलले नेकपा माओवादी केन्द्र जिम्मेवार शक्ति भएको बताउँदै, वर्तमान सरकार परिवर्तनको माग जनताबाटै उठेको धारणा प्रस्तुत गरे। “जनताको चाहना वर्तमान सरकारको परिवर्तन हो, तर हामी २०८४ सम्म सरकारमा सहभागी हुनु हुँदैन भन्ने स्पष्ट जनधारणा पनि रहेको छ,” उनले बताए। उनले यदि नेपाली कांग्रेसले सरकारको नेतृत्व जिम्मेवारीका साथ गर्ने हो भने, आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत दिए। तर, सरकारमा प्रत्यक्ष रूपमा सहभागी हुने मनसाय भने नरहेको स्पष्ट पारे। गजुरेलको टिप्पणीले निकट भविष्यमा सत्ता समीकरणमा पुनः समसामयिक बहस सुरु हुने संकेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्