आन्दोलनरत शिक्षक मंहासंघका पदाधिकारीसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका साथै महासचिव सचिव लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटन सकेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ ।

शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेपनि शिक्षकहरु अझ विश्वस्त हुन सकेका छैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्